राजस्थानसँग आरसीबी पराजित, विराट र बटलरको शतक


२५ चैत्र २०८०, आईतवार
RCB rqS8odjl61

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपिएल) मा जोस राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) लाई पराजित गरेको छ। गए राति भएको खेलमा राजस्थानले ६ विकेटको जित हात पारेको हो ।

आरसिबिले दिएको १८४ रनको लक्ष्य राजस्थानले ४ विकेट गुमाएर ५ बल बाँकी छँदै भेट्टायो । राजस्थानका लागि जोश बटलरले शतक बनाए। बटलरले अन्तिम बलमा शतक पुर्‍याए । ६ बलमा १ रन चाहिएको अवस्थामा बटलर ९४ रनमा रहेका थिए । अन्तिम ओभरको पहिलो बलमा नै छक्का प्रहार गर्दै उनले ५८ बलमा शतक पुरा गरे । उनको इनिङमा ९ चौका र ४ छक्का सम्मिलित थियो ।

यस्तै राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ४२ बलमा ८ चौका र २ छक्का सहित ६९ रन जोडे । शिमरन हेटमायरले ११ रन बनाए । आरसीबीका लागि रिस टोप्लीले २ तथा यश दयाल र मोहम्मद सिरजले १–१ विकेट लिए । त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ३ विकेट गुमाउँदै १८३ रन जोड्यो । आरसीबीका लागि विराट कोहलीले ७२ बलमा १२ चौका र ४ छक्का सहित ११३ रनको शतकीय इनिङ खेले। यस्तै कप्तान फ्याफ डु प्लेसिसले ३३ बलमा ४४ रन बनाए । तर अन्य ब्याटर चल्न नसक्दा आरसीबीले अझ ठूलो योगफल खडा गर्न सकेन ।

राजस्थानका लागि युजभेन्द्र चहलले २ तथा नन्द्रे बर्गरले १ विकेट लिएका थिए । जितपछि राजस्थान ४ खेलमा ४ जित सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा १ मात्र जित हात पारेको आरसीबी आठौं स्थानमा छ । आईपिएलमा आज दुई खेल हुँदैछन् । पौने ३ बजे मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स भिड्ने छन् भने बेलुका पौने ८ बजे लखनऊ सुपर जाएन्ट्स र गुजरात टाईटन्स आमने–सामने हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७