कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै


२७ चैत्र २०८०, मंगलवार
deuwa 1
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज (मंगलबार) बस्दै छ । बैठक बिहान ८ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ । बैठकमा संसदको आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम सहकारी प्रकरणमा जोडिएपछि उनीमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ । आज पनि प्रतिनिधिसभा बैठक बस्दै छ । आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७