कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित


२७ चैत्र २०८०, मंगलवार
congress samsad

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको आज (मंगलबार) को बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । उनले आजै पुनः बैठक बस्ने पनि जानकारी गराएका छन् । कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

बैठकमा सचेतक सुशीला थिङले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने अन्यथा सदन नचल्ने चेतावनी दिएकी थिइन् । लगत्तै सभामुख घिमिरेले रास्वपा सांसद मनिष झालाई बोल्न समय दिएका थिए । तर कांग्रेस सांसदहरू बसेको ठाउँबाट उभिएर विरोध गरिरहे । रास्वपा सांसद झाले बोल्न पाएनन् ।

सत्तापक्षका सांसदहरू पनि उठेर विभिन्न विषयमा कुरा राख्नका लागि बोल्न पाउनुपर्ने बताएका थिए । सभामुख घिमिरेले पटक–पटक सदन चल्न दिन र सांसदहरूलाई कुरा राख्न दिन प्रतिपक्षी कांग्रेसका सांसदहरूलाई आग्रह गरेका थिए । तर कांग्रेस सांसदहरू उठेर विरोध गरिरहेपछि बैठक स्थगित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७