राप्रपाको प्रदर्शनमा झडप : भद्रकाली क्षेत्रमा तनाव, ट्राफिक व्यवस्थापन अस्तव्यस्त


२७ चैत्र २०८०, मंगलवार
wat

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएपछि काठमाडौँको भद्र्रकाली क्षेत्र तनावग्रस्त बनेको छ । भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो ।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर परेको छ । प्रहरीले अहिले सिंहदरबार नजिक पुगिसकेका राप्रपाका प्रदर्शनकारीलाई भद्रकालीतर्फ फिर्ता गरेको छ । राप्रपाको जुलुका कारण टुँडिखेल वरपर, सिंहदरबार, पुतलीसडक, लाजिम्पाट, माइतघर, थापाथली, त्रिपुरेश्वरलगायत क्षेत्रमा गाडीको लामो लाइन लागेको छ । यी क्षेत्रको जामले काठमाडौंका अन्य क्षेत्रको ट्राफिक पनि प्रभावित भएको छ ।

raprapaa 1

गएको फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राप्रपाले ४० बुँदे मागपत्र पेस गरेको थियो । गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने लगायतका माग सम्बोधन गर्न दबाब दिँदै आज राप्रपाले प्रदर्शन गरेको हो । प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट समेत राप्रपाका कार्यकर्ता काठमाडांैमा आएका छन् ।

gyanendra shahi

राप्रपाले निषेधाज्ञा नै तोड्ने गरी प्रदर्शनको तयारी गरेपछि आज काठमाण्डौमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार जनाभन्दा धेरै जनशक्ति परिचालन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले हिजो बसेको सुरक्षा समितिको संयुक्त बैठकले चार हजार जनाभन्दा धेरै संख्यामा प्रहरी परिचालन गर्ने निर्णय गरेको जानकारी दिए । प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सादा पोसाकमा विशेष प्रहरीको टोली परिचालन गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७