उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द हुने


२७ चैत्र २०८०, मंगलवार
nirbachan aayog

काठमाडौँ । निर्वाचन आयोगले बैशाख १५ गते उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गर्न सिफारिस गरेको छ । उपनिर्वाचन हुन् इलम–२ र बझाङको १ (१) मा बैशाख १३ देखि १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरुको उपयोग गर्नुपर्ने भएकोले बिदा दिन सिफारिस गरेको जनाएको छ । साथै आयोगले उपनिर्वाचन हुने क्षेत्रमा बैशाख २ गते देखि नै मत गणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थको बिक्री वितरण रोक्न समेत सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७