कांग्रेसकाे अडानले गृहमन्त्रीले संसदमा प्रस्तुत गर्ने एजेण्डा कार्यसूचीबाट हट्यो


२८ चैत्र २०८०, बुधबार
Rabi 3
फाइल फोटो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न ‘संसदीय छानबिन समिति’ बनाउनै पर्ने नेपाली कांग्रेसको अडानले बिस्तारै मूर्तरूप लिँदैछ । सोमबारदेखि बुधवारसम्म आइपुग्दा पनि कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि प्रतिनिधिसभाको दैनिक कार्यसूचीनै परिवर्तन गर्न संसद् सचिवालय बाध्य भएको छ ।

कांग्रेसले समिति नबन्दासम्म कुनै पनि हालतमा गृहमन्त्री लामिछानेलाई रोष्टममा उभिएर विधेयक प्रस्तुत गर्न नदिने रणनीति अङ्गीकार गरेपछि संसद्को कार्यसूची परिवर्तन गरिएको छ । २७ गते मंगलबार गृहमन्त्री लामिछानेले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्ने भनिएको विषय सचिवालयले कार्यसूचीबाट हटाएको हो ।

r

मंगलबारको कार्यसूचीमा गृहमन्त्री लामिछानेले प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्ने विषय उल्लेख थियो जुन बुधवारको कार्यसूचीबाट हटाइएको छ । मंगलबारको बैठकको सुरुमै नेपाली कांग्रेसका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो ।

यसपछि सभामुखले सुरुमा १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिए । तर उक्त समयमा पनि सत्तापक्ष र प्रमुख प्रतिपक्ष कांग्रेसबीच कुरा नमिले पछि बैठक बुधवार ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । त्यसैले मंगलबार गृहमन्त्रीले प्रस्तुत गर्ने भनिएको विधेयक प्रतिनिधिसभा प्रस्तुत हुन पाएन । कांग्रेसको समिति गठनको मागसहितको नियमित विरोधपछि बुधवारको कार्यसूचीबाट उक्त विषय हटाइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७