लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले मागे विश्वासको मत


३० चैत्र २०८०, शुक्रबार
Jokha bahadur mahara

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभामा विश्वासको मत मागेका छन् । केन्द्रमा फेरिएको सत्ता समीकरण र राजनीतिक परिवर्तनसँगै सातै प्रदेशमा परिस्थिति फेरिएको र लुम्बिनी प्रदेश सरकारको जिम्मेवारी आफूले लिएको पनि उनले बताए ।

विगतका दिनमा पनि सबै दलहरूसँग राजनीतक सहमति र सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्य हुने बताउँदै आफूलाई विश्वासको मत दिन उनले आग्रह गरे । महरालाई पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थन छ । ८७ सदस्यीय प्रदेश सभामा एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा महरा यही चैत २३ गते लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७