हर्मुज स्ट्रेटमा इरानी सेनाले कब्जा गर्‍यो २५ जना सवार जहाज


२ बैशाख २०८१, आईतवार
iran army

तेहरान । इरानी सेनाले स्ट्रेट अफ हर्मुजमा एउटा कन्टेनर जहाज कब्जा गरेको छ । इरानको यो कारबाही यस्तो समयमा भएको हो जब सिरियामा रहेको आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणको जवाफमा तेहरानले आक्रमण गर्ने डर बढेको छ ।

यो कन्टेनर जहाजको नाम एमएससी एरिस हो जुन संयुक्त अरब इमिरेट्स र इरानको बीचमा रहेको स्ट्रेट अफ हर्मुज हुँदै गइरहेको थियो । यो जहाज शनिबार बिहान कब्जा गरिएको हो । इरानको समाचार एजेन्सी आईआरएनएले एउटा भिडियो जारी गरेको छ, जसमा हेलिकप्टर कन्टेनर जहाजमाथि उडिरहेको र कम्तीमा तीन जना डोरी प्रयोग गरेर जहाजमा ओर्लिरहेको देखिन्छ ।

जहाज मर्मत गर्ने कम्पनी एमएससीले जहाजमा २५ जना चालक दलका सदस्य रहेको बताएको छ । जहाज पोर्चुगलको झण्डा लगाइएको भए पनि यो लन्डनमा रहेको अन्तर्राष्ट्रिय सिपिग अपरेटर जोडियाक मेरिटाइमको स्वामित्वमा छ । यसका मालिक इजरायली हुन् ।

इरानी मिडियाका अनुसार यो अपरेसन रिभोलुसनरी गार्ड्सको नौसेना विशेष बलले गरेको थियो । यता इजरायली सेनाका प्रवक्ताले इरानले परिस्थितिलाई थप तनावपूर्ण बनाउने परिणाम भोग्नुपर्ने बताएका छन् । बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले इजरायलको वार क्याबिनेट सदस्य बेन्नी गान्ट्जसँग कुरा गर्दै यो तनाव बढाउन कसैको हितमा नभएको सुझाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७