एमाले सचिवालय वैठक बस्दै, उपनिर्वाचनसहित तीन एजेण्डामा छलफल हुने


२ बैशाख २०८१, आईतवार
Amale baithak 3

काठमाडौं । सत्ता साझेदार नेकपा (एमाले) को सचिवालय बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

उनकाअनुसार आज तीन वटा विषयमा छलफल हुनेछ । एमालेले वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । ललितपुरको गोदावरीमा बस्ने परिषद् बैठकमा करिब दुई हजार ५०० सहभागी हुनेछन् । बैठकमा ६ वटा दस्तावेज पेश गर्ने तयारी रहेको छ ।

आजको सचिवालय बैठक त्यसैको तयारीका लागि रहेको स्थायी कमिटी सदस्य समेत रहेका प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।

वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो । इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । आजको बैठकले उपनिर्वाचनको तयारी लगायतको विषयमा पनि निर्णय गर्ने गौतमले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७