बालबालिकाले लाइटर खेलाउने क्रममा दाङमा आगलागी : दुई घर जले, एक वृद्धको मृत्यु


७ बैशाख २०८१, शुक्रबार
dang aglagi

दाङ । दाङको लमहीमा घरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । लमही नगरपालिका–९ तरूलियाका ८७ वर्षीय वीरबहादुर बोटेको आगलागीमा परी ज्यान गएको हो ।

विहीबार बेलुका ५ बजे स्थानीय वीरबहादुरको गोठबाट आगो सल्किएको थियो । इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठका अनुसार बालबालिकाले लाइटर खेलाउने क्रममा खरको छानो भएको गोठमा आगो सल्किएको खुलेको छ ।

गोठमा सल्किएको आगोले वीरबहादुरको घरसम्म पुगेको थियो । आगो घरमा सल्किरहेको समयमा वीरबहादुर पैसाको बाकस निकाल्न घरभित्र छिरेका थिए । पैसा लिएर निस्केपछि अन्य सामग्री निकाल्न छिरेका थिए । सोही क्रममा उनी निसासिएर लडेको र जलेर मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

वीरबहादुरको गोठबाट सल्किएको आगो जितबहादुर बोटेको घरसम्म फैलिएको थियो । आगलागी बाट दुई घर र एक गोठ जलेर नष्ट भएका छन् । जितबहादुर बोटेको घरको केही सामान भने निकालिएको प्रहरीले बताएको छ । आगो निभाउन लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल प्रयोग गरिएको थियो । राति साढे ११ बजेतिर मात्रै आगो निभाइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७