इरानमा इजरायलको क्षेप्यास्त्र आक्रमण, संयुक्त राष्ट्रले भन्यो–मध्यपूर्वको संकट टार्न कदम चालौं


७ बैशाख २०८१, शुक्रबार
israel final

काठमाडौं । इरानमा एउटा इजरायलको क्षेप्यास्त्र आक्रमण भएको अमेरिकी अधिकारीले दाबी गरेका छन् । इरानी सरकारी सञ्चारमाध्यमले मध्य इरानको इस्फहान प्रान्तको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विस्फोटनको आवाज सुनिएको अपुष्ट जानकारी पाएको बताएका बीबीसीले उल्लेख गरेको छ ।

विस्फोटपछि इरानका कैयौँ शहरमा उडान रद्द गरिएको छ । इस्फहान इरानको राजधानी तेहरानभन्दा झन्डै ३ सय ५० किलोमिटर दक्षिणमा पर्छ । इस्फहान कैयौँ परमाणुकेन्द्र र एउटा मुख्य सैन्य आधार भएको शहर हो । त्यस्तै इराकको राजधानी बग्दाद र दक्षिणको बलिल प्रान्तमा समेत विस्फोट भएको विवरण प्राप्त भएको खबरमा उल्लेख छ ।

गएको शनिवार राति इरानले इजरायलमाथि आक्रमण गरेको थियो । जसका कारण मध्यपूर्वका देशमा युद्धको सम्भावना बढेको आँकलन गरिएको थियो । तर अमेरिकी राष्ट्रपति जो वाइडेनले तत्काल इरानविरुद्ध जवाफी आक्रमण नगर्न दवाव दिएपछि इजरायल पछि हटेको भनिएको थियो ।

संयुक्त राष्ट्र प्रमुखको आव्हान : मध्यपूर्वको संकट टार्न कदम चालौं
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले मध्यपूर्वमा संकटबाट बच्न तत्काल कदम चाल्न आह्वान गरेका छन् । संयुक्त राष्ट्रका शीर्ष अधिकारीले सुरक्षा परिषद्को त्रैमासिक खुला बहसमा प्यालेस्टाइन प्रश्नसहित मध्यपूर्वको अवस्थामा टिप्पणी गरेका हुन् ।

गुटेरेसले अप्रिल १३ मा इरानले इजरायलमा गरेको आक्रमणको कडा निन्दा गरे । त्यस्ता आक्रामक कार्यले संयुक्त राष्ट्र चार्टरको उल्लङ्घन गरेको कुरामा जोड दिए । उनले कूटनीतिक र कन्सुलर परिसर र कर्मचारीहरूको अविनाशीतालाई सम्मान गर्ने महत्वलाई दोहो¥याए । जसको उदाहरण दमास्कसमा इरानी वाणिज्य दूतावासमा भएको आक्रमणको निन्दाद्वारा गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७