अर्थसचिव कृष्णहरि पुष्करलाई किन गरियो प्रधानमन्त्री कार्यालयमा सरुवा ?


१० बैशाख २०८१, सोमबार
rishna Hari Pushkar Karna 1

काठमाडौं । अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

अर्थसचिवको जिम्मेवारी भने मधुकुमार मरासिनीलाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्रीको कार्यालय हुँदै गत भदौ अन्तिमतिर कृष्णहरिको अर्थमा आएका थिए । सरकारले आजै अर्थ मन्त्रालयको सचिवमा मधु मरासिनीलाई ल्याउने निर्णय गरेको छ । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतबाट सफाइ पाएको तेस्रो दिनै मरासिनी अर्थ सचिव बनेका हुन् ।

सरकारको बजेट आउनु ३५ दिनअघि अर्थ सचिव सरुवा गरेको हो । बजेटमा ल्याउने बेला मरासिनी अनुभवी भएकाले ल्याइएको स्रोतले बताउँछ । मरासिनीले अर्थ मन्त्रालयमा वैदेशिक सहायता, बजेटलगायत महाशाखामा बसेर काम गरिसकेका छन् । उनले यसअघि पनि अर्थसचिवका रुपमा काम गरेका थिए । सचिवका रुपमा उनको कार्यकाल अब १५ महिना मात्र छ ।

अर्थमन्त्री पुनले अर्थसचिव पुष्करलाई पत्याउन सकिरहेका थिएनन् । उनलाई मन्त्रालयबाट सरुवा गर्न धेरैले सुझाव दिएका थिए । पुष्कर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा निकटका पात्र हुन् । यसअघिका अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि पुष्करलाई सरुवा गर्न खोजेका थिए । तर बुढानिलकण्ठको दवावका कारण महतको जोड चलेको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७