दोस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै, लोकेश र आकाशलाई अवसर


१६ बैशाख २०८१, आईतवार
toss nepal

काठमाडौं । दोस्रो टी–२० खेलमा वेष्ट इण्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा कप्तान रोहितले टस हारेका हुन् । दोस्रो खेलमा प्रशिक्षक मोन्टी देसाईले पाँच खेलाडी परिवर्तन गरेका छन् ।

लोकेश बम, सोमपाल कामी, आरिफ शेख, सागर ढकाल र आकाश चन्दले पहिलो ११ मा स्थान बनाएका छन् । कमलसिंह ऐरी, अभिनाश बोहरा, विवेक यादव, ललितनारायण राजवंशी र प्रतिश जिसीलाई बाहिर राखिएको छ । पहिलो खेलमा कप्तान रोहितले एक सय १२ रन बनाउँदा नेपालले वेष्ट इन्ण्जिलाई चार विकेटले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७