इलाम–२ मा १,५२१ मत गन्दा नेकपा एसका उम्मेदवार जीतबहादुर राईको शून्य मत


१६ बैशाख २०८१, आईतवार
jit bahadur rai

इलाम । प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा शनिबार भएको उपनिर्वाचनको आज (आइतबार) देखि सुरु मत गणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । निर्वाचन आयोगका अनुसार १,५२१ मत गन्दा एकीकृत समाजवादीसहित पाँच उम्मेदवारले शून्य मत पाएका छन् । एकीकृत समाजवादीका जीतबहादुर राईले शून्य मत पाएका हुन् ।

यस्तै उम्मेदवारहरू धनराज राना मगर, जयवन्त विक्रम शाह, डाकप्रसाद गौतम र मनोज निरौलाले शून्य मत पाएका हुन् । यस्तै राप्रपाका लक्ष्मी गुरुङले चार मत पाउँदा ६५७ मतसहित कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता बनाएका छन् । यस्तै उनको पछिपछि एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ५३४ मतका साथ रहँदा तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले १८७ मत पाएका छन् । यस्तै रास्वपाका मिलन लिम्बुले ११५ मत पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७