बझाङ–१ मा एमालेका भण्डारी दोब्बर मतले अगाडि, चार वडाको गणना सकियो


१६ बैशाख २०८१, आईतवार
bajhang chunab

बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ ,२, ३ र ४ को मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका दमन भण्डारी दोब्बर मतले अगाडि छन् । उनले १,२६३ मत प्राप्त गर्दा कांग्रेसका अभिशेक सिंहले ६३६ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका जनक बुढाले ३५२ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । यसैगरी एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३१६ मत प्राप्त गरेका छन् । बझाङ प्रदेशसभा–१ मा शनिबार सम्पन्न उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।

स्थानीय तहमा दुवै वडामा एमाले पराजित भएको थियो । वडाध्यक्ष पराजित भएकै वडामा एमालेले अग्रता लिएका छ । स्थानीय तहमा वडा नम्बर १ मा कांग्रेसका कर्णबहादुर सिंह निर्वाचित भएका थिए भने २ मा स्वतन्त्रबाट परित्रबहादुर मण्डल निर्वाचित भएका थिए । वडा नम्बर१ मा एमाले दोस्रो र २ मा तेस्रो अवस्थामा रहेको थियो । तर, अहिले दुबै वडाको मत गणना सकिँदा एमालेले दोब्बर अग्रता बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७