बझाङ अपडेट : एमालेको दोब्बर अग्रता कायमै, कांग्रेस तेस्रो

छविसपाथिभेरा–६ मा कांग्रेस र एमाले भन्दा माओवादीलाई चार गुणा बढी मत


१६ बैशाख २०८१, आईतवार
bajhang chunab

बझाङ । बझाङ–१ को प्रदेश सभा उपचुनावअन्तर्गत जारी मत गणनामा नेकपा (एमाले) का उम्मेदवार दमन भण्डारीको शुरूवाती अग्रता कायमै छ । छविसपाथिभेरा गाउँपालिकाको १, २, ३ र ४, ५ र ६ वडामा मतगणना सकिँदा एमाले उम्मेदवार भण्डारीले १,५०५ मत ल्याएका छन् । अहिले वडा नम्बर ६ को मत गणना सकिएको छ । यो वडामा सबैभन्दा बढी मत माओवादी उम्मेदवार जनक बुढाले पाएका छन् ।

दोस्रो स्थानमा रहेका माओवादी केन्द्रमा उम्मेदवार जनक बुढाले ९९५ मत पाएका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ९१८ मत पाएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५७७ मत पाएका छन् । राप्रपाका किशोर खड्काले २० मत पाएका छन् । ६७ मत बदर भएका छन् ।

बझाङमा शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३२८ जनाले मतदान गरेका थिए । २०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर जितेका थिए भने यहाँ एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७