इलाम–२ मा डम्बर भन्दा सुहाङ एक हजार ९ सय मतले अगाडि


१७ बैशाख २०८१, सोमबार
suhang first 3

इलाम । इलाम-२ को उपनिर्वाचन अन्तर्गत जारी मत गणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाइरहेका छन् । मतान्तर बढाउँदै लगेका नेम्वाङले फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को गणना सकिँदा ७ हजार ३३ मत प्राप्त गरेका छन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५ हजार १ सय ९ मत ल्याएर पछ्याइरहेका छन् । एमाले र कांग्रेसका उम्मेदवारबीचको मतान्तर एक हजार ९ सय २४ छ । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले तीन हजार ५ सय १३ मत प्राप्त गरेका छन् ।

चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन योङहाङ लिम्बूले एक हजार १ सय २ मत पु¥याएका छन् । एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले २ सय ३५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लक्ष्मी गुरूङले ४३ मत ल्याएका छन् ।

अहिलेसम्म १७ हजार ३७५ मत सदर भएको छ । त्यस्तै २१७ मत बदर भएको छ । इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो । इलाममा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए । २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए । त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए ।

j 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७