बझाङ मत परिणाम : चार पालिकाको गणना सकिँदा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले


१७ बैशाख २०८१, सोमबार
bajhang chunab

बझाङ । बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फको उपनिर्वाचनको जारी मत गणनामा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले २६४ मतान्तरले अग्रता बनाइरहेका छन् ।

जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, सुर्मा गाउँपालिका र थलारा गाउँपालिका–९ को मत गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका सिंह ७,४९२ मत मतसहित पहिलो स्थानमा छन् ।

उनलाई नेकपा एमालेका दमनबहादुर भण्डारीले ७,२२८ मतसहित पछ्याइरहेका छन् । माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढा २,८९५ मतसहित तेस्रो स्थानमा छन् । नेकपा एकीकृत समाजवादका उम्मेदवार दिलबहादुर सिंहले २,१०२ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७