बार्सिलोनाको जितमा लेवानडोस्कीको ‘ह्याट्रिक’


१८ बैशाख २०८१, मंगलवार
barsilona2024 04 30 07 04 55

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए भने एक गोल फेर्मिन लोपेजले गरेका थिए । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले एक– एक गोल गरेका थिए । यस खेलमा खेलको ४५औं मिनेटमा भलेन्सियाका गिओर्गी मामर्डाशभिलीले रातो कार्ड पाएपछि भलेन्सिया १० खेलाडीमा सीमित भएको थियो ।

यो जितपछि बार्सिलोनाको ला लिगामा ३३ खेलमा ७३ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा ११ अंकले पछाडि रहेको छ । त्यसैगरी भलेन्सियाको भने ३३ खेलमा ४७ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७