मुक्तिनाथबाट फर्केको लिबर्टी कलेजका विद्यार्थी चढेको बस दुर्घटना, २१ घाइते (नामसहित)


१८ बैशाख २०८१, मंगलवार
bus

काठमाडौं । मुक्तिनाथ दर्शन गरेर फर्किदै विद्यार्थी चढेको बस मंगलबार बिहान कागबेनी–मुक्तिनाथ सडक खण्डमा पर्ने घुम्तीमा दुर्घटनामा परेको छ । दुर्घटनामा परेर २१ विद्यार्थी सामान्य घाइते भएका छन् ।

प्रहरी चौकी कागबेनी मुस्ताङका अनुसार काठमाडौं अनामनगरस्थित लिबर्टी कलेजबाट विद्यार्थी लिएर गएको प्रदेश नं ३–०१००६ख ६२२ नं को रिजर्भ बस दुर्घटनामा परेको हो । बसमा सवार चालकसहित ३३ जनामध्ये १६ जना सामान्य घाइते भएका हुन । बस आज बिहान करिब ९ बजे दुर्घटनामा परेको हो ।

घाइते विद्यार्थीहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जोमसोम, मुस्ताङ पठाइएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाग्रस्त बसलाई बाटोबाट हटाएर सडक पूर्णरूपमा सुचारु गरेको जानकारी प्रहरीले दिएको छ । उक्त बस प्रहरी चौकीबाट ५०० मिटर पूर्वमा छ ।

घाइतेहरूको विवरण

१) जिल्ला सिराहा लहान नपा–१२ बस्ने वर्ष २० को आदेश आचार्यको हात नाकमा सामान्य चोट ।

२) जिल्ला भक्तपुर मध्यपुर ठिमी नपा–३ बस्ने वर्ष २० को अनुज न्यौपाने सामान्य ।

३) जिल्ला सिराहा गोलबजार नपा–६ बस्ने वर्ष २१ की ज्योतिकुमारी साहको हात र ढाडमा सामान्य चोट ।

४) जिल्ला गुल्मी रुरु गापा–५ बस्ने वर्ष २१ की समीक्षा ज्ञवालीको टाउको पछाडि भित्री चोट, सामान्य रहेको ।
५) जिल्ला काठमाडौ कृतिपुर नपा–८ बस्ने वर्ष २० की प्रतीक्षा खड्काको ढाडमा चोट, अवस्था सामान्य ।

६) जिल्ला ओखलढुङ्गा घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण बस्ने वर्ष २० की बिन्दा दाहालको बायाँ हातमा चोट, सामान्य ।
७) जिल्ला काठमाडौं काठमाडौं मनपा–९ एयरपोर्ट बस्ने वर्ष १९ की अनामिका थापाको दाहिने खुट्टामा चोट, अवस्था मध्यम ।
८) जिल्ला कैलाली गोदावरी नपा–१० बस्ने वर्ष २१ को ध्रुवराज जोशीको बाहिरी चोट नभएको, अवस्था सामान्य ।
९) जिल्ला भोजपुर, भोजपुर नपा–९ बस्ने वर्ष २० को पेशल बस्नेतको बाहिरी चोट नभएको, अवस्था सामान्य ।
१०) जिल्ला महोत्तरी जलेश्वर नपा–१ बस्ने वर्ष २२ की रम्मा कुमारीको दाहिने हात र खुट्टामा भित्री चोट, अवस्था सामान्य रहेको ।
११) जिल्ला पाँचथर कुम्भायोग गापा–१ बस्ने वर्ष २३ को आदेश लावतीको दुवै हातमा सामान्य चोट ।
१२) जिल्ला सुनसरी हरहरी नपा–८ बस्ने वर्ष २२ को निशान रसाइलीको दाहिने हातमा सामान्य चोट ।
१३) जिल्ला धनुषा जनकपुर धनगढी नपा १२ बस्ने वर्ष २० को बटेश्वर नपा–२ बस्ने वर्ष २४ को सुरजकुमार परियारको दाहिने हात र खुट्टामा सामान्य चोट ।
१४) जिल्ला बर्दिया मधुवन नपा–६ बस्ने वर्ष २० को सुवास नेपालको ढाडमा भित्री चोट, अवस्था सामान्य ।
१५) जिल्ला काभ्रे तेमाल गापा–६ बस्ने वर्ष २१ को सौगात त्रिपाठीको दाहिने हातमा भित्री चोट, सामान्य ।
१६) जिल्ला सर्लाही कौदेना गापा–१ बस्ने वर्ष २० को राहुलको साहको ढाडमा भित्री चोट, सामान्य ।
१७) जिल्ला काठमाडौं काठमाडौं मनपा–३५ बस्ने साइरस तामाङको ढाडमा भित्री चोट, सामान्य ।
१८) जिल्ला भक्तपुर सुर्यबिनायक नपा–बस्ने वर्ष२१ कि अनामिका सुवारको बायाँ घुँडामा सामान्य चोट ।
१९) जिल्ला धनुषा जनकपुर नपा–११ बस्ने वर्ष २२ को दीपककुमार निधिको आँखामा चोट, सामान्य ।
२०) जिल्ला सर्लाही हरिवन नपा–४ बस्ने वर्ष २२ को निरञ्जन साहको दुवै हातमा भित्री चोट, सामान्य ।
२१) जिल्ला डोटी शिखर नपा–८ बस्ने वर्ष २१ को रोहित बलायरको घुँडामा भित्री चोट, सामान्य ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७