आईपीएल : लखनउसँग मुम्बई पराजित, प्लेअफको सकियो सम्भावना


१९ बैशाख २०८१, बुधबार
lakhnu2024 05 01 06 05 45

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जाइन्टले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा लखनउले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १४५ रनको लक्ष्य्य पछाएको लखनउले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि मुम्बईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो ।

यो जितपछि लखनउ सुपर जाइन्ट तेस्रो स्थानमा उक्लिएको छ । १० खेलमा ६ जित र ४ हारसहित १२ अंक बटुल्दै लखनउ तेस्रो स्थानमा उक्लिएको हो । त्यसैगरी यो हारपछि मुम्बईको प्लेअफको सम्भावना सकिएको छ । १० खेलमा ३ जित र ७ हार बेहोरेको मुम्बईको ६ अंक छ र नवौं स्थानमा झरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७