काठमाडौँको शंखपार्कमा एक युवक मृत भेटिए


२४ बैशाख २०८१, सोमबार
death
सांकेतिक तस्वीर

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ स्थित शंखपार्कमा सोमबार बिहान एक युवक मृत भेटिएका छन् । शंखपार्कको गेट बाहिर करिब ३० वर्षका युवकका शव फेला परेको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले जानकारी दिए । मृत्तकको पहिचान भइनसकेको जनाउँदै थापाले घटनाबारे थप अनुसन्धान शुरु भएसकेको जानकारी दिए ।

स्थानीयले भने ती युवक कवाडी सामान उठाउने कामदार भएको बताएका छन् । युवकको मृत्यु कसरी भयो खुल्न बाँकी रहेको डीएसपी थापाले बताएका छन् । प्रहरीले घटनास्थलबाट शव परीक्षणको लागि अस्पताल लैजाने तयारी गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७