कांग्रेसले भन्यो–प्रचण्डलाई प्रधानमन्त्री बनाउन पत्र दिएकै हो, लामिछानेलाई छैन


२६ बैशाख २०८१, बुधबार
ramesh lekhak
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक अरु कसैलाई पार्टीले प्रधानमन्त्री अफर गरेर पत्र नदिएको प्रष्ट पारेका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा बुधवार उनले प्रचण्ड बाहेकलाई प्रधानमन्त्री अफर गरेको कुरा गलत भएको दावी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले सभापति रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको दाबी गर्दै आएका छन् । स्वयं लामिछानेले मंगलवार उपप्रधानमन्त्री भन्दा माथिल्लो पद अफर गर्ने पार्टीले सहकारी ठगीको मुद्दा उचालेको बताएका थिए । ‘आफ्नोे अफर मान्यो भने माथिल्लो पदका लागि विभिन्न च्यानलबाट कुरा ल्याउने । नमानेपछि भोलिपल्टदेखि गृहमन्त्रीमाथि छानबिनको कुरा उठाउने ?’ उनले प्रश्न गरे ।

अहिले फेरि प्रधानमन्त्रीको अफर आएको हो भन्ने पत्रकारको एक प्रश्नको जवाफमा लामिछानेले भनेका थिए, ‘नयाँ पनि आउला नि !’ कांग्रेसका प्रमुख सचेतक लेखकले लामिछानेलाई प्रधानमन्त्रीको अफर कहिलै नगरिएको दाबी गरेका छन् । ‘प्रचण्डजीलाई प्रधानमन्त्री एसेप्ट गरेकै हो । उहाँलाई चिठी लेखेर दिएकै हो । त्यसपछि हामीले अर्को कसैलाई दिइसकेका छैनौं,’ उनले स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७