पहिलो हाफमा जर्मनीले एक गोल खायो


१० असार २०७५, आईतवार
4D8FCC2E00000578 0 image m 7 1529779457512

काठमाडौं, ९ असार । डिफेन्डिङ च्याम्पियन जर्मनी पहिलो हाफ सकिँदा एक गोल खाएको छ । समुह एफको खेलमा स्वीडेनले जर्मनीलाई गोल लगाएको छ । 4D8FCC2E00000578 0 image m 7 1529779457512

जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रेको जर्मनीलाई खेलको ३२ औं मिनेटमा स्वीडेनका ओला टोइभोनेनले गोल गरे । अाजकाे खेल हारे डिफेन्डिङ च्याम्पियन जर्मनी अंकबिहीन जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिने छ ।

जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भएको थियो । मेक्सिकोले दक्षिण कोरियालाई आजै साँझ पराजित गर्दै ६ अंकसहित समूहको शीर्षस्थानमा उक्लिसकेको छ । यस्तोमा स्विडेनले जर्मनीलाई हराउन सकेमा ऊ पनि विश्वकपको अन्तिम १६ मा प्रवेश गर्ने छ ।

पहिलो खेल गुमाएको जर्मनी र आफ्नो पहिलो र दोस्रो खेल पनि गुमाएको दक्षिण कोरियाले एक अंक पनि जोड्न सकेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७