समूह विजेता बन्ने इंग्ल्याण्डको लक्ष्य, जित्नै पर्ने दबाबमा पानामा


१० असार २०७५, आईतवार
England VS panama

रसिया, १० असार :  विश्वकप फुटबलमा पानामाले आज इंग्ल्याण्डको सामना गर्दैछ। पहिलो खेलमा बेल्जियमसँग ३– ० गोलअन्तरले पराजित भएको पानामा आज इंग्ल्याण्डलाई पराजित गर्नै पर्ने दबाबमा छ। आजको खेलमा पराजित भए पानामा विश्वकपबाट बाहिरिनेछ। आजको खेलमा पराजित भए पानामा विश्वकपबाट बाहिरिनेछ। इंग्ल्याण्ड भने समुह विजेता बन्ने लक्ष्य सहित मैदानमा उत्रिन्दैछ ।

England VS panama

कप्तान ह्यारी केनको प्रभावशाली प्रदर्शनप्रेरित इङ्ल्यान्डले गत साता ट्युनिसियालई पराजित गर्दै १२ वर्षपछि प्रमुख प्रतियोगिताको पहिलो खेल जित्ने खडेरी तोडेको थियो । आइतबार दोस्रो खेलमा पानामाको सामना गर्दा इङ्ल्यान्ड समूहचरणबाट माथि उठ्ने सम्भावना बलियो पार्नुका साथै समूह ‘एफ’को विजेताको दाबेदारीसमेत बलियो पार्न चाहन्छ।

बेल्जियमविरुद्ध पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोस्रो हाफमा सम्हालिन नसक्दा पानामा ३–० को नतिजा सुम्पिन बाध्य भएको थियो । समूह ‘जी’ मा ३ अंक जोडेको बेल्जियम शीर्ष स्थानमा छ भने समान ३ अंक जोडेको इङ्ल्यान्ड गोलअन्तरमा दोस्रो स्थानमा छ । अंकविहीन ट्युनिसिया र पानामा तेस्रो र चौथो स्थानमा छन्। समूह जीबाट इंग्ल्याण्ड र बेल्जियम एक खेल बाँकी रहँदै नकआउट चरण प्रवेश गर्नेछन्।

इङ्ल्यान्डका केन लयमा देखिए पनि अन्य खेलाडीले भने पाएका सहज अवसरलाई समेत सदुपयोग गर्न नसक्नु इङ्ल्यान्ड टोलीका लागि चिन्ता बनेको छ । ट्युनिसियाविरुद्धको खेलको पहिलो हाफमा रहिम स्टर्लिङ र जेसे लिंगार्डले पाएका केही सहज अवसरमा गोल गर्न चुकेका थिए । स्टर्लिङलाई पानाामाविरुद्धको खेलमा टोलीमा नराखिने बताइएको छ।

बिहीबार इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले तयार पारेको टोलीको रणनीतिको ‘नोट’ र सहायक प्रशिक्षक स्टिभ होल्यान्डले लिइरहेको तस्बिर सार्वजनिक भएको थियो । उक्त नोटमा स्टर्लिङको स्थानमा मार्कुस रसफोर्ड र डिले अलीको स्थानमा रुबेन ओफ्टस–चेकलाई खेलाइने उल्लेख गरिएको छ । अली पहिलो खेलमा तिघ्राको चोटका कारण मैदानबाट बाहिरिएका थिए । यता गत सिजन म्यानचेस्टर सिटीका लागि २९ गोल गरेका स्टर्लिङले पछिल्लो २१ अन्तर्राष्ट्रिय खेलमा भने कुनै गोल गर्न सकेका छैनन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७