अमिताभ बच्चनकी नातिनी प्रधानमन्त्री बन्छिन् : ज्योतिष


१२ असार २०७५, मंगलवार
aaradhya

काठमाडौं, १२ असार । भारतमा प्रसिद्धि पाएका ज्योतिषको भविष्यवाणीलाई मान्ने हो भने बलिउडका सुपरस्टार अमिताभ बच्चनको नातिनी आराध्याको राजनीतिमा ठूलो भविष्य छ ।aaradhya

हैदरावादका ज्योतिष ‘डि ग्यानेश्वर’ ले सन् २०१८ मा नयाँ भविष्यवाणी गरेका छन् । उनले यो घोषणाको लागि पत्रकार सम्मेलन नै राखेका थिए । उनले यो भन्दा अगाडि कलाकार चिरञ्जीवि र रजनीकान्तको राजनीतिमा प्रवेश गर्ने र आन्द्र प्रदेशमा कांग्रेसको पुनरागमन बारेमा गरेको भविष्यवाणी मिलेको दाबी गरे । यो भविष्यवाणी उनले २००९ मा गरेका थिए । उनले आइतबार आराध्याले भविष्यमा नाम परिवर्तन गरेर रोहिनी राख्ने र भारतको प्रधानमन्त्री बन्न इच्छाउने भविष्यवाणी गरे ।

उनको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा पुन–मतदान, अमेरिकाका राष्ट्रपतिको पुन–मतदान , रजनीकान्तको राजनीतिक यात्राका बारेमा भविष्यवाणी गरिसकेका छन् । उनले सन् २०२४ मा भारत र पाकिस्तानबीचमा युद्ध हुने, रिलायन्सका मालिकका छोरा आकाशलाई सन् २०१९ मा विवाह गर्न सल्लाह दिएको कुराहरु यो भन्दा अगाडि बाहिर आइसकेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७