भदौ २६ देखि भृकुटीमण्डपमा सवारीसाधनको कुम्भ मेला हुने


१८ भाद्र २०७५, सोमबार
naada

काठमाडौं, भदौ १८ । भदौ २६ गतेदेखि राजधानीमा सवारीसाधनहरुको कुम्भ मेला हुने भएको छ। नेपाली अटो बजारमा उपलव्ध सवारीसाधन तथा तिनका पार्टपूर्जाका बारेमा जानकारी गराउने उद्देश्यले भृकुटीमण्डपमा ३१ गतेसम्म १३ औं नाडा अटो शो आयोजना हुने भएको हो।

naada

नाडाका कार्यावहाक अध्यक्ष कृष्ण प्रसाद दुलालले देशकै ठूलो अटो शो भएकाले यो व्यापारमा मात्रै केन्द्रित नभई सूचनामूलक हुने बताए। ‘अटो क्षेत्रलाई खुम्चिन दिनु हुँदैन, राजश्वमा यसको हिस्सा उच्च छ, मेलाले अटो बजारको विस्तारमा टेवा पुग्नेछ’ उनले भने।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने शोलाई सर्भो वर्ल्ड क्लास लुब्रिकेन्टले शिर्ष प्रायोजन गरेको छ।

६ दिनसम्म चल्ने शोमा १९ ब्रान्डका ४ पांग्रे तथा २० ब्रान्डका दुई पांग्रे सवारी साधनका स्टल रहने छन्। दुई पांग्रे सवारी र चार पांग्रे सवारीका लागि छुट्टाछुट्टै ठाउँको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

त्यस्तै पैठारीकर्ता, डिलर, उत्पादक तथा बिक्रेता गरी कुल ७१ कम्पनीहरुले मेलामा सहभागिता जनाउने छन्। साना ठूला सवारी तथा पार्टपूर्जा, लुब्रिकेन्ट्स लगायतको गरी कुल १३४ स्टल रहने नाडाले जनाएको छ। नाडाका अनुसार ठाउँको अभावका कारण हेभी इक्वीपमेन्टका साधन यो वर्ष राखिने छैन।

मेलामा विभिन्न नयाँ तथा पुराना सवारी साधन, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिजहरु राखिने आयोकले जानकारी दिएको छ।

यस वर्ष ६० हजारले मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ। मेलामा प्रवेशका लागि टिकट शुल्क २ सय रुपैयाँ तोकिएको छ। जसमा विद्यार्थीले परिचयपत्रका आधारमा डेढ सयमै प्रवेश पाउने छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७