चलचित्र ‘हृदयभरि’मा २० लाख लिएर पल खेल्दै


८ कार्तिक २०७५, बिहीबार
pal shah चलचित्र ‘हृदयभरि’मा २० लाख लिएर पल खेल्दै

काठमाडौं, ८ कार्तिक । नेपाली चलचित्र बजारमा अभिनेता पल शाहको चर्चा छ ।  चलचित्र ‘शत्रुगते’ रिलिजपछि नयाँ चलचित्रमा साइन नगरेको पलले २० लाख लिएर नयाँ चलचित्रमा काम गर्ने भएका छन् ।   

उनले नयाँ चलचित्र ‘हृदयभरि’मा २० लाख पारिश्रमिक लिएर चलचित्र युनिटसँग लिखित सम्झौता गरेको बताइएको छ । चलचित्र ‘शत्रुगते’ रिलिजपछि पलले नयाँ चलचित्रमा काम गरेका थिएनन् ।

चलचित्र ‘हृदयभरि’को कथा सुरज सुब्बा नाल्बोले लेखेका हुन् भने निर्देशन पनि सुरज सुब्बाले नै गर्न लागेका हुन् ।

चलचित्रको छायांकन चैत्रबाट सुरु हुने बताइएको छ । चलचित्रका लागि नयाँ हिरोइनको खोजी भइरहेको बताइएको छ ।

चलचित्र रोमान्टिक जनरामा निर्माण हुन लागेको बताइएको छ । चन्दन शाह र सौरभ विश्वासले निर्माण गर्न लागेको चलचित्र शाह प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७