रजनीकान्तको फिल्म ‘२.०’ लिक, जसले लिक गर्‍यो उसैले दिए जानकारी


१४ मंसिर २०७५, शुक्रबार
rajani kanta

काठमाडौं¬, १४ मंसिर । साउथ सुपरस्टार रजनीकान्त र अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘२.०’ नोभेम्बर २९ मा प्रदर्शन भएको केही घण्टाभित्रै अनलाइनमा लिक भएको छ ।

rajani kanta

यसले फिल्मका निर्माताहरुलाई घाटाका साथै ठूलो झड्का लागेको छ । फिल्म ‘२.०’ तमिलरकर्स नामक एक वेबसाइटमार्फत लिक भएको हो ।

अझै रोचक कुरा के छ भने पाइरेटेड वेबसाइट तमिलरकर्स आफैले ट्वीटरमार्फत फिल्म निर्मातालाई चेतावनी दिँदै फिल्म ‘२.०’ लिक भएको जानकारी दिएको थियो ।

अभिनेता अक्षय कुमारले फिल्म निर्माताहरुलाई घाटा हुनबाट बचाउनका लागि आफ्ना फ्यानहरुलाई अनलाइनमा लिक भएको फिल्म नहेर्न अनुरोध गरेका छन् ।

फिल्म निर्माण यूनिटले फिल्मको छायांकनको बेलादेखि नै फिल्मका कुनै पनि जानकारीहरु, तस्बिर र भिडियोहरु लिक नहोस् भनेर धेरै सावधानी अपनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७