क्यान्सरसँग संघर्ष गरिरहेकी सोनालीको यस्तो रुप, उपचारपछि घर फर्किन्


१७ मंसिर २०७५, सोमबार
sonali bendre sonali bendre

काठमाडौं, १७ मंसिर । क्यान्सर रोगसँग संघर्ष गरिरहेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रे घर फर्किएकी छन् ।

sonali bendre sonali bendre

बेन्द्रे अमेरिकाको न्यूयोर्कमा क्यान्सरको पाँच महिना लामो उपचारपछि घर फर्किएकी हुन् । उनी श्रीमान् गोल्डी बहलसँग सोमबार बिहान भारतको मुम्बइ आएकी हुन् ।

कालो जीन्स र ज्याकेट लगाएकी सोनालीको अनुहारमा खुशी देखिन्थ्यो । सोनालीका श्रीमान् गोल्डीले भने, ‘उनी अहिले राम्रो महसुस गर्दैछिन् र छिट्टै रिकभर हुँदैछिन् । अहिले उनको उपचार पूरा भएको छ । तर क्यान्सर पुनः फैलन सक्छ त्यसैले सामान्य चेकजाच हुँदैछ ।’

गोल्डीसंग सोनालीको १२ नोभेम्बर २००२ मा बिहे भएको थियो । गोल्डी फिल्म मेकर पनि हुन् । गत जुलाइमा सोनालीलाई क्यान्सर भएको थियो । गोल्डीले कहिले अमेरिका पुगेर पत्नीको सेवा गर्छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७