राप्रपाका उपाध्यक्ष दीपक बोहरा उपेन्द्र यादवको पार्टीमा प्रवेश गर्दै !


५ पुष २०७५, बिहीबार
upendra 1

काठमाडौं, ५ पुस । सत्ताविना बाँच्नै नसक्ने चरित्र भएका राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का उपाध्यक्ष दीपक बोहरा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गर्न लागेका छन् । फोरमका एक नेताका अनुसार उनले उपेन्द्र यादवसँग धेरै पटक छलफल गरिसकेका छन् ।

upendra 1
उपेन्द्र यादव र दीपक बोहरा

राप्रपाबाट केही नेताहरुसहित फोरममा प्रवेश गर्नलागेका उनलाई उपाध्यक्षमै मनोनीत गर्ने गरी सहमति भएको उपेन्द्र यादवले पार्टीको बैठकमै ब्रिफिङ गरिसकेको ती नेताले बताएका छन् । राप्रपाका कुन कुन नेता फोरममा आउन लागेका हुन् भन्ने कुरा भने ती नेताले खुलाएका छैनन् । ४ बर्षसम्म सत्तारुढ पार्टीको नेताका रुपमा ठेक्कापट्टा र नियुक्तिमा सेटिङ गर्ने र ४ बर्षपछि पनि फोरम पुनः बलियो शक्तिका रुपमा आउने देखेकाले उनी राप्रपा त्याग्न लागेका हुन् ।

फोरममा प्रवेश गरिसकेपछि ४ बर्षपछि चुनावमा रुपन्देहीबाट जित्न पनि सकिने आंकलन उनले आफ्ना निकटहरुसँग भन्ने गरेका छन् । फोरम प्रवेश गर्न लागेकोबारेमा बोहरासँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

टुक्राटुक्रा भएको राप्रपा अब शक्तिमा पुनः आउन सक्ने संभावना नदेखेपछि बोहरा फोरममा प्रवेश गरी सरकारका नियुक्तिदेखि ठेक्कापट्टाहरुमा चलखेल गर्ने दाउमा छन् । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री हुँदा नियुक्तिदेखि सरुवाहरुमा करोडौं रुपैयाँ घुस संकलन गरेको आरोप लागेको थियो ।

उपेन्द्र यादव मन्त्री भएपछि पनि बोहराले भित्रभित्रै स्वास्थ्य मन्त्रालय अन्तर्गतका नियुक्ति र सरुवामा खेल्न सुरु गरेका थिए । उनकै योजनामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. आरके रौनियारलाई सिनेट बोलाई हटाएर गुरु खनाल वा अरविन्द सिंहलाई ल्याउन लागिएको खुलेको छ । बोहरा स्वास्थ्य मन्त्री हुँदा पनि डा. रौनियारलाई हटाउन सिनेट बोलाउन चर्को दबाब दिएका थिए । स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बोहराकै निजीसचिव भवनाथ खतिवडालाई राखेका छन् ।
त्यसो त दीपक बोहरा नेपाली राजनीतिका अति बदनाम पात्र हुन् । उनले २०६७ मा माधव नेपाल सरकारमा वन मन्त्री हुँदादेखि पछिल्लो पटक देउवाको सरकारमा श्रम र स्वास्थ्य मन्त्री हुँदा भ्रष्टाचार गरी करोडौं रुपैयाँ आर्जन गरेको आरोप छ । । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन पनि गरिरहेकाले फोरममा प्रवेश गरी जोगिने उपाय खोजेको अर्थमा पनि लिन थालिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७