सामसङ प्लाजाले ल्यायो टिभी एक्सचेन्ज अफर


२९ पुष २०७५, आईतवार
Mnemonic 1mN8R5Gjlw

काठमाडौं, पुस २९ । के तपाई बैठक कोठामा भएको सीआरटी टिभीले ठाँउ ओगटेर चिन्तित हुनुहुन्छ र नयाँ टिभी किन्ने योजनामा हुनुहुन्छ ? के तपाई आफ्नो बैठक कोठालाई स्लिम टिभीले सजाएर आर्कषक बनाउन इच्छुक हुनुहुन्छ ? तर संकुचित रकमले गर्दा नयाँ टिभी किन्न सकिरहनु भएको छैन ।

तपाई अब चिन्तित नहुनुहोस् । सामसङ प्लाजाले ग्राहकहरुका लागि सुनौलो योजना ल्याएको छ । सामसङ प्लाजाले सामसङ एलईडी टिभी एक्सचेन्ज अफर ल्याएको छ । यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका पुराना सीआरटी टिभीलाई नँया सामसङ एलईडी टिभीसँग साट्न सकिनेछ ।

यो योजना पुष २६ गतेदेखि माघ ४ गतेसम्म मात्र लागू हुनेछ । यस अफरमा पुराना टिभीलाई उचित मूल्यांकन दिइनेछ । उक्त योजना बाराही सिनेमा हल नजिक रहेको भक्तपुर सामसङ्ग प्लाजामा र नँयाबजारको सामसङ प्लाजामा मात्र लागू गरिएको छ । ग्राहकहरुले बिहान १०ः३० बजेदेखि बेलुका ७ बजेसम्म कुनै पनि समयमा गएर टिभी एक्सचेन्ज गर्न सक्नेछन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७