मोस्ट वान्टेडलाई पक्रिन प्रहरीले चलायो गोली, एक घाइते


२ माघ २०७५, बुधबार

बाँके, २ माघ । आफ्नो मोस्ट वान्टेड सूचीका एक व्यक्तिलाई पक्रिन प्रहरीले बाँकेमा गोली चलाएको छ ।

shooting a gun 0131 horizontal large gallery अमेरिकामा ११ जना यहुदीको हत्या

बाँके र बर्दियाको सीमा क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीको खोजीको सूचीमा रहेका युवराज गिरीलाई पिछा गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । गिरी र भरत शाहीले केही समयअघि बाँके कोहलपुरका दिपक सिंहको खुकुरी हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि उनीहरु दुवै जना फरार थिए । शाहीलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो भने गिरीलाई पक्राउ गर्न जाने क्रममा भागेपछि गोली चलाउनु परेको बाँके प्रहरीले जनाएको छ ।

बाँकेका डीएसपी रमेश सिंहको कमाण्डमा रहेको प्रहरी टोलीले गोली चलाएको थियो ।
प्रहरीका अनुसार गिरी र शाहीले सिंहलाई प्रहरीको असई बनाई दिन्छु भन्दै डेढ लाख रकम लिएका थिए । असई बनाउन नसकेपछि रकम फिर्ता माग्ने क्रममा विवाद हुँदा खुकुरी हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७