क्रसर ब्यवसायीको कब्जामा सडक कार्यालयका हाकिम


२३ माघ २०७४, मंगलवार
Dhunga Khani copy

काठमाडौंः २३ माघ । विवादास्पद क्रसर ब्यवसायी मधु डोटेलले सडक विभाग, सहरी विकास तथा भवन विभाग मातहतका कार्यालयका प्रमुखहरुसँग सेटिङ मिलाई गुणस्तरहीन निर्माण सामग्री बिक्री वितरण गर्दैआएका छन् । क्रसर ब्यवसायी डोटेलको प्रभावमा परी भवन र सहरी विभागका प्रमुखहरुले सरकारी ढुकुटीको दुरुपयोग गरेको समाचार प्राप्त भएको छ ।

Dhunga Khani copy

ललितपुरको दक्षिणी भेग गोदावरी नगरपालिकाको टिकाभैरवमा पर्ने क्वालिटी रोडा ढुंगा उद्योगका संचालक मधु डोटेलले गुण्डा, प्रहरी र निजामती कर्मचारीहरुलाई आर्थिक प्रभावमा पारी गुणस्तरहीन निर्माण सामग्री एकतर्फीरुपमा निर्माण कार्यमा प्रयोग गर्दैआएका छन् ।

डोटेलले क्षेत्रीय निर्देशनालयका निर्देशक शिवहरि सापकोटा, डिभिजन सडक कार्यालय काठमाडौंका डिभिजन प्रमुखहरु मुकुन्द अधिकारी र देवकुमार तामाङ, ललितपुर डिभिजन सडक प्रमुख प्रकाशचन्द्र भण्डारी र कान्ति लोकपथका डिभिजन प्रमुख देवेन्द्र साह र सोही निकायका कर्मचारीहरुलाई राम्रो आर्थिक प्रभावमा पारेका छन् । सोही कारण डोटेलबाट बिकेका ती भ्रष्ट हाकिम र कर्मचारीहरुले सिधै डोटेलको गुणस्तरहीन निर्माण सामग्रीलाई मात्र अनुमति दिने गरेका छन् । यी हाकिमहरुलाई प्रभावमा पारी डोटेलले एक्लौटी रुपमा क्रसर महंगो मूल्यमा आपूर्ति गर्दैआएका छन् ।

सडक डिभिजन कार्यालयका प्रमुख अधिकारी, तामाङ, भण्डारी र साहले अन्य क्रसर व्यवसायीहरुको गुणस्तरयुक्त र कम मूल्यको निर्माण सामग्रीलाई कम गुणस्तरहीन भन्दै पास नगर्ने गरेको एक निर्माण व्यवसायीले बताएका छन् ।
डोटेलले काठमाडौं उपत्यकालगायतका आसपासका सडक निर्माण, भवन निर्माणलगायतका ठाउँमा कम गुणस्तरको र सरकारी मापदण्ड अनुसार मेल नै नखाने निर्माण सामग्रीहरु सरकारी निकायका कर्मचारीलाई किनेकै भरमा एकतर्फीरुपमा प्रयोग गर्दैआएका छन् ।
डोटेलका निर्माण सामग्री प्रयोग भएको सडकहरु एक वर्ष पनि नटिकी खाल्डाखुल्डीसमेत पर्ने गरेका कारण सडकको ठेक्का लिने निर्माण व्यवसायीहरुले काम गरेको अपजस पाएका कारण आजित बन्दै गइरहेका छन् ।
राज्यले सडक, भवनलगायतका निर्माण कार्यमा गरेको लगानी मधु डोटेल जस्ता तस्करहरुका कारण बालुवामा पानी हालेजस्तो भइरहेको समेत एक निर्माण व्यवसायीले नाम नछाप्ने सर्तमा बताए ।
स्मरणीय छ, डोटेलले आफ्नो अनुकुल अनुसार काम नभए जस्तो सुकै अपराधिक कार्य गर्न पनि पछि पर्दैनन् । केही वर्ष अगाडि डोटेलले क्रसर व्यवसायमा कब्जा जमाउन रामेछापका कुख्यात गुण्डा रमेश बाहुनलाई प्रयोग गरी गोली काण्डसमेत मच्चाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७