कम्पनीले बोनस बाँड्दा कर्मचारी बोरामा पैसा बोकेर घर फर्किए


६ फाल्गुन २०७४, आईतवार
bonus big bag1 2

काठमाडौं, ६ फागुन(एजेन्सी) । कुनै पनि कम्पनीले आफ्ना कर्मचारीहरुलाई नाफा कमाएर सामान्य बोनस बाँड्ने गर्छन् तर चीनको एउटा कम्पनीले आफ्ना कर्मचारीहरुलाई बोरामा बोक्नुपर्ने गरेर बोनस रकम बाँडेको छ । bonus big bag1 2
चीनको स्टील कम्पनी फंगदा स्पेशल स्टील टेक्नोलोजीले आफ्नो कर्मचारीहरुलाई आफ्नो कम्पनीको नाफाबाट भरपुर रकम बोनस स्वरुप बाँडेको हो । कम्पनीमा कार्यरत करिब ५ हजार कर्मचारीहरुलाई दुई अर्ब ६० करोड बोनस बाड्दा बोरामा बोकेर जान परेको हो । जसमा नगद स्वरुप बाँडिएको बोनसमा हरेक कर्मचारीहरुलाई प्रति व्यक्ति ५ लाख ६० हजार रुपैयाँ पाएका थिए ।
यसमो कम्पनीले उक्त रकम नगदमा नै वितरण गरेको थियो । कम्पनीका कर्मचारीहरुले आफ्नो भागको बोनस रकम बोरा र ठुला–ठुला झोलामा भरेर घर लगेका थिए । त्यसै पनि चीनको यो कम्पनी कयौँ बर्षदेखि आफ्नो कर्मचारीहरुलाई भारीभरकम बोनस दिने कम्पनीका रुपमा परिचित रहेको छ ।
कम्पनीले हाल कार्यरत कर्मचारीहरुलाई मात्र नभई आफ्ना सेवा निवृत्त कर्मचारीहरुलाई पनि बोनस रकम बाँडेको थियो ।bonus big bag1 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७