मदन भण्डारीको मृत्यु दुर्घटना होइन हत्या हो : माधव नेपाल


११ बैशाख २०७५, मंगलवार
Madhav nepal

काठमाडौं, ११ बैसाख । नेकपा एमालेका नेता माधवकुमार नेपालले मदन भण्डारीको मृत्यु दुर्घटना नभएर हत्या भएको दावी गरेका छन् । भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा रहस्यमय मृत्यु भएको थियो । Madhav nepal

मंगलबार राजधानीको सुविधानगरमा मदन भण्डारी स्मृति वाटिका र शालिक अनावरण कार्यक्रममा नेता नेपालले भण्डारीको हत्या भएको बताए पनि भण्डारीको हत्या कसले गर्‍यो भन्नेबारे भने केहि खुलाएनन् ।

मदन भण्डारीको शालिक लक्ष्मण भुजेलले बनाएका हुन् । ३ रोपनी १३ आना क्षेत्रफलमा बाटिका फैलिएको संरक्षक अग्नी खरेलले बताए । वाटिका काठमाडौ महानगरपालिका र काठमाडौ नगर विसका प्राधिकरणको संयुक्त लगानीमा बनाइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७