सेनामा सात उपरथीको सरुवा, को कहाँ पुगे भए ? (सूचीसहित)


३१ असार २०७५, आईतवार
nepal army

काठमाडौं, ३१ असार । नेपाली सेनामा सात जना उपरथीहरुको सरुवा गरिएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार सरुवा हुनेमा उपरथीहरु प्रभुराम शर्मा, शरद गिरी, देवकुमार सुवेदी, देवेन्द्र मेघासी, प्रल्हाद थापा, काजीबहादुर खत्री र सुवर्ण शाह छन् ।nepal army

मध्य पृतना हेटौडमा पृतनापति रहेका उपरथी शर्मालाई सेनाको सबैभन्दा महत्वपूर्ण विभाग भनेर चिनिने युद्धकार्य महानिर्देशनालयको प्रमुखको जिम्मेवारी दिइएको छ । उनको ठाउँमा हालै उपरथीमा बढुवामा भएका उपरथी सुवर्ण शाहलाई जिम्मेवारी दिइएको छ । शर्मालाई भावी सेनापतिको दावेदारका रुपमा हेरिने गरेको छ ।

यस्तै हाल सेनाको युद्धकार्य महानिर्देशक रहेका उपरथी गिरीलाई शिवपुरीस्थित स्टाफ कलेजको प्रमुख बनाइएको छ । स्टाफ कलेजमा रहेका उपरथी थापालाई सैनिक विनय महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारीमा दिइएको छ । पोखरामा पृतनापति रहेका उपरथी मेघासीको राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा भएको छ भने रासुपमा रहेका उपरथी काजीबहादुर खत्रीलाई पोखराको पृतनापतिको रुपमा सरुवा गरिएको छ ।

हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७