बार्सिलोनाको जित, ७ अ‌ंकको अग्रता कायम राख्न सफल


२६ फाल्गुन २०७५, आईतवार
messi 2 QAKOFre8Ba

एजेन्सी, स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानमा रहेको बार्सिलोनाले पुनरागमन जित निकालेको छ । बार्सिलोनाले घरेलु मैदानमा पछि परेको स्थितिमा रायो भालेकानामाथि ३–१ को जित निकालेको हो । शीर्ष स्थानमा रहेको बार्सिलोनाले ७ अंकको अग्रता यथावत राख्न सफल भएको छ ।

messi 2 QAKOFre8Ba

रियल मड्रिडबाट लोनमा पुगेका राउल डी थोमसले २० यार्डबाट उत्कृष्ट गोल गरी नाउ क्याम्पमा रायो भालेकानोलाई २४औं मिनेटमा अप्रत्यासित अग्रता दिलाएका थिए । जेरार्ड पिकेले ३८औं मिनेटमा मेस्सीको पासमा हेडमार्फत शानदार गोल गर्दा पहिलो हाफमा बार्सिलोनाले बराबरी गोल फर्काउन सक्यो ।

messi 3 PF3f7dXXYj

दोस्रो हाफको सुरुमै मेस्सीले पेनाल्टीमा गोल गरी अग्रता दिलाएका थिए । स्वारेजले ८३औं मिनेटमा इभान राकिटिचसँगको वान(टू(वान पासमा गोल गरी ३(१ को जित निश्चित गरे । मेस्सी ला लिगामा जारी सिजन सर्वाधिक गोलकर्ता हुन् । उनले २५ खेलमा २६ गोल गरेका छन् । १७ गोलसहित स्वारेज दोस्रो स्थानमा छन् ।

messi 4 HiaJsUWQQ5

दोस्रो स्थानको एट्लेटिको मड्रिडले शनिबारै भएको खेलमा लेगानेसविरुद्ध १(० को संघर्षपूर्ण जित हासिल गरेको थियो । लगातार छैटौं हारसँगै रेलिगेसन जोनमा रहेको रायो भालेकानोबिरुद्ध बार्सिलोनाले कठिन संघर्ष गर्नुपरेको थियो ।

यता बार्सिलोना भने ला लिगामा गएको नोभेम्बर यता पछिल्लो १४ खेलदेखि अपराजित छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७