यति एयरलाइन्सले ल्यायो चौथो एटिआर जहाज


१४ बैशाख २०७६, शनिबार
1556293701ATR 3

काठमाडौं, १४ वैशाख । यति एयरलाइन्सले चौथो एटिआर ७२-५०० विमान भित्र्याएको छ। यतिले भित्र्याएको सो जाहाज आज १:३० बजे थाइल्यान्डबाट काठमाडौं आइपुगेको हो।

सो जहाजको नेपाली रजिष्ट्रेसन नं नाइनएन(एएनसी रहेको छ। चौथो जहाज भित्र्याएको यति एयरलाइन्सले नेपाल सरकारको भिजिट नेपाल २०२० मा २० लाख पर्यटक आगमनको लक्ष्य हासिल गर्न थपिएका विमानहरूले मद्दत गर्ने विश्वास लिएको छ।

यतिले ल्याएको जहाज फ्रान्सेली तथा इटालियन कंसोर्टियमबाट निर्माण गरिएको ट्वीन इन्जिन टर्बोप्रोप हो। एटीआर ७२ विश्वमै सवैभन्दा सफल क्षेत्रीय क्यारियर बनेको छ ।

नयाँ एटीआर दुई प्राट एण्ड व्हिट्नी पीडब्लु १२७ इन्जिनहरुद्वारा संचालित छ र ह्यामिल्टन स्टान्ज्डर्ड कम्म्पोजिट प्रोपेलरहरु बाट सुसज्जित छन् ।
यी उच्च प्रविधियुक्त इन्जिन र प्रोपेलरहरु उत्कृष्ट प्रदर्शन, इन्धन बचत, उल्लेखनीय ध्वनीको कमी र कम ग्रीन हाउस ग्यास उत्सर्जन जस्ता कुरा सुनिश्चित गर्छन् ।

यति एअरलाइन्सले सन् १९९८ देखि आफ्नो उडानको शुरुवात गरेको हो । यतीसँग हाल एटीआर वाहे जे४१विमान ५वटा र भगिनि संस्था तारा एअरको दुई वटा डोर्निओर डीओ २२८ र चार वटा ट्विनअर्टर विमानबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७