पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो


१९ बैशाख २०७६, बिहीबार
petrol pump

काठमाडौं, वैशाख १९ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ।

निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ बढाएको हो।

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन। नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरको १ सय ११ रुपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै, डिजेल र मट्टितेल अब लिटरको ९८ रुपैयाँ पर्नेछ। १८ वैशाखमा भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्य सूची बढेर आएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७