मिस नेपाल-२०१९ : आर्किटेक्चरको उत्तराधिकारी बैंकर


२६ बैशाख २०७६, बिहीबार
Miss Nepal Anushka

काठमाडौं, २६ बैशाख : मिस नेपाल-२०१९ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । अस्ट्रेलियाको बैँकबाट राजीनामा दिएर आएकी २३ वर्षीया श्रेष्ठ यस वर्षकी मिस नेपाल
वर्ल्ड -२०१९ घोषित भएकी हुन् ।

बुधबार कीर्तिपुरस्थित ल्याब स्कुलमा भएको फाइनल राउन्डमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन् ।

पपुलर च्वाइस : रिया बस्नेत
मिस ट्यालेन्ट : प्रदिप्ता अधिकारी
यमाहा मिस फ्यासिनो :अनुष्का श्रेष्ठ
ब्युटी विथ द पर्पोज : नितिका कर्माचार्य
मिस बेस्ट एथलेट्स : प्रदिप्ता अधिकारी
मिस कन्फिडेन्ट : निशा पाठक

उनी अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक हुन् । श्रेष्ठ कमनवेल्थ बैंक अफ अष्ट्रेलिया कार्यरत रहेकै बेला मिस नेपाल ओसिआनिया जितेर मिस नेपालमा छनोट भएकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड -२०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् । श्रृखला पढाईले आर्किटेक्चर हुन् ।

यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्।मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन् भने ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले हात पारिन्। मिस नेपाल अर्थको उपाधि भने रिया बस्नेतले जितिन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७