साबिक विजेता बाहिरियो, बार्यन म्युनिख अन्तिम ८ मा
एजेन्सी :जर्मन कप फुटबलको साबिक विजेता बोरुसिया डर्टमुण्ड यो सिजन अन्तिम १६ बाटै बाहिरिएको छ ।
अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा बार्यन म्युनिखले बोरुसिढा डर्टमुण्डलाई २–१ ले हराएर अन्तिम ८ मा स्थान बनाएको छ । बार्यन म्युनिखको जितमा बोएटेङ र थोमर मुलरले गोल गरे । यस्तै बोरुसिया डर्टमुण्डका लागि यार्मोलेन्कोले एक गोल फर्काए । जर्मन च्याम्पियन बार्यनले १२ औं मिनेटमा गोल गरी सुरुवाति अग्रता दिलाउनुअघि दुईपटक वुडवर्क प्रहार गरेको थियो । ४० औं मिनेटमा मुलरले गोल गर्दै बार्यनको अग्रता दोब्बर पारे । बोरुसियाका लागि ७७ औं मिनेटमा यार्मोलेन्कोले एक गोल फर्काए पनि हार टार्न सकेनन् ।