एसएसपी जोशी बने वर्षको उत्कृष्ट प्रहरी


२४ आश्विन २०७६, शुक्रबार
ssp umesh

काठमाडौं, २४ असोज । बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उमेशराज जोशी यस वर्षको उत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका छन् । ६४ औं प्रहरी दिवसको अवसरमा आज (शुक्रबार) उनलाई सो पुरस्कार दिइएको छ ।

प्रहरीको इन्टरपोल शाखाका प्रमुखका रुपमा प्रहरीको इज्जत बढाउने गरी काम गरेकोमा उनी पुरस्कृत भएका हुन् । उनले पहलमा एक दर्जन भन्दा धेरै व्यक्तिलाई विभिन्न देशबाट पक्राउ गरी नेपाल ल्याइएको छ । जसको इन्टरपोलबाट समेत प्रशंसा भएको छ ।

त्यस्तै प्रहरी नायब निरीक्षक दिपेन्द्र चन्दलाई पूर्णशान्ति पुरस्कार दिइएको छ । महानगरीय अपराध महाशाखामा कार्यरत उनले केही ठूला घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका निभाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७