दुई कलाकारको निधन, प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त


३० मंसिर २०७६, सोमबार
dipak scaled


काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाएका छन् ।
प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै भनेका छन्, ‘गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौं । उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ ।’ प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गरेका छन् । अध्यक्ष भट्टराईको गए राति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७