रुसमा एकसाथ २५ कार दुर्घटना


४ माघ २०७६, शनिबार
acc 1

रुस, ४ माघ । रुसमा शुक्रबार एकसाथ २५ वटा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

देशको उत्तरी कौकासुसमा पर्ने राजमार्गमा शुक्रबार ती कारहरु दुर्घटनामा परेका आपतकालीन मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

कुहिरो तथा तुसारोका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । थप विवरणका लागि घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । रासस–सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७