भारतमा गणतन्त्र दिवसकै दिन आज चार ठाउँमा श्रृंखलावद्ध बम विष्फोट


१२ माघ २०७६, आईतवार
blast

काठमाडौं, १२ माघ । छिमेकी देश भारतमा गणतन्त्र दिवसको मौका छोपेर असमको माथिल्लो भेगमा श्रृङ्खलाबद्ध बम बिष्फोट भएको छ ।

दुई बिष्फोट डिब्रुगढमा, एक सोनारीमा अर्को दुलियाजनको पुलिस थाना नजिकै भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिले कुनै पनि संगठनले यो बिष्फोटको जिम्मेवारी लिएको छैन ।
डिब्रुगढ जिल्लामा एक बिष्फोट ग्राहम बजारमा भयो भने अर्को ए टी रोडमा एक गुरुद्वारेको पछाडि भयो ।

यी दुई इोत्र डिब्रूगढ पुलिस थाना अन्तर्गत पर्छन् । पुलिसले अर्को बिष्फोट दुलियाजन तेल शहरमा भएको र त्यहाँबाट थप जानकारी आउन बाँकी रहेको जानकारीमा उल्लेख छ ।

उनका अनुसार एक अन्य विस्फोट चराइदेव जिल्लाको सोनारी पुलिस थाना अन्तर्गत पर्ने इलाका तिओक घाटमा भयो । पुलिसका अनुसार वरिष्ठ अधिकारी बिष्फोटस्थलमा पुगेको र त्यहाँको क्षतिको विवरण संकलन गरिरहेका छन् ।

यस्तै असमको डीजीपी भास्कर ज्योति महन्तले भने, ‘हामीले डिब्रुगढमा बिष्फोटको सूचना पाएका छौं । यसबारे अनुसन्धान शुरु भइसकेको छ र यसमा कसको संलग्नता होला भनेर पनि पत्ता लगाउने कोशिस भइरहेको छ ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७