एउटै पार्टीको सरकार दुई वर्षसम्म चल्नु नै उपलब्धी : प्रधानमन्त्री


३ फाल्गुन २०७६, शनिबार
kp oli 5 scaled

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अस्थिर राजनीतिबाट स्थिरतातिर प्रवेश गरेको बताएका छन् ।

शनिबार प्रतिनिधिसभा वैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार बन्ने र ढल्ने क्रममा एउटै पार्टी र एउटै नेतृत्वको सरकार दुई वर्ष चल्नु पनि उपलब्धी रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गरेको दुई वर्ष पुगेको अवसर पारेर सरकारका काम कारबाहीबारे आज संसदबाट सम्बोधन गरेका हुन् ।

‘लामो समयसम्म सात–आठ महिनामा सरकार फेरिइरहने विगतको अस्थिरतलाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकार दुई वर्ष पूरा गर्दा पनि उपलब्धिका रुपमा लिनुपर्ने अवस्था आउँदो रहेछ’, उनले भने । प्रधानमन्त्री ओलीले विगतमा दुई वर्षयता जाडोका कारण कसैले ज्यान गुमाउनु नपरेको बताएका छन् ।

उनले आफ्नो नेतृतवमा सरकार बनेसँगैं कठ्याङग्रिएर र शीतलहरका कारण कोही कसैले ज्यान गुमाउन नपरेको बताएका हुन् । उनले राष्ट्रियसभा निर्वाचनले पनि जनता के चाहन्छन् भन्ने प्रष्ट पारेको बताएका छन् ।

उनले समग्रतामा सिट संख्या र मतको संख्याले पनि सरकारको समर्थन बढी आएको कुराले सरकारसँग जनता खुशी भएको बताएका छन् । उनले ४० वर्षपछि त्रिभुवन विमानस्थल समयमै बनेको बताए । धेरै ठाउँमा विमानस्थल विकास, विस्तार र रात्रिकालीन सेवा शुरु भएको उनको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७