सिटीइभिटीको भवनमा १०० शैंयाको आइसोलेसन कक्ष बन्दै


१७ जेष्ठ २०७७, शनिबार
janakpur hospital

धनुषा, १७ जेठ । कोरोना सङ्क्रमितको बढ्दो क्रमसँगै जनकपुरधामको प्रादेशिक अस्पतालको आइसोलेसन शैंया भरिएको हुँदा थप आइसोलेसन कक्ष धनुषाको सपहीमास्थित सिटीइभिटीको भवनमा निर्माण गरिने भएको छ ।

धनुषा जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले उक्त भवनमा आइसोलेसन कक्षको निर्माण गरिने निर्णय गर्दै त्यसका लागि नेपाली सेनालाई जिम्मा दिएको छ ।

सेनाले आइसोलेसन निर्माणको कार्य शुरु गरिसकेको र आज रातिसम्म कोरोनाको सङ्क्रमित बिरामीलाई लगेर राख्ने तयारी भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकरी शरदकुमार पोखरेलले जानकारी दिए ।

लक्ष्मीनिया गाउँपालिकाको वडा नंं ३ सपहीमा रहेको सिटीइभिटीको भवन अत्याधुनिक तथा सुविधा सम्पन्न छ । उक्त भवनमा १०० वटासम्मको आइसोलेसन शैंया निर्माण गर्न लागेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । जनकपुरधामको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनमा अहिले ३० भन्दा बढी बिरामी उपचारमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७