लकडाउनमा पास लिएर जुवा खालमा, बैंक सञ्चालकसहित समातिए उच्च घरानिया


२० जेष्ठ २०७७, मंगलवार
juwa card marbadi

काठमाडौं, २० जेठ । काठमाडौंको कमलादीस्थित एक होटलबाट होटल मालिकसहित ९ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेका उनीहरुलाई २ लाख ७७ हजार ७२० रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

होटलबाट व्यवसायीहरु रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, विमल खेतान, विमल अउजा, पुरुषोत्तम अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई गरी ९ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरु विभिन्न घराना समूह्यको उच्च नेतृत्वमा रहेर काम गरिरहेका व्यक्तिहरु हुन्। कतिपय बैङकका सञ्चालक समेत छन् ।

प्रहरीले जुवाडे व्यवसायीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ नगद वरामद गरेको हो । त्यसैगरि हजार, ५ सय, १ सय र ५० दरका १ सय ७९ थान क्वाइन पनि बरामद गरिएको दाहालले बताए ।

क्वाइन राखेर खेलाइएका कारण जुवा खाल ठूलो भएको अनुमान प्ररहीको छ । प्रहरीले जुवा खोलाएको कोठा शिल गर्नुका साथै उनीहरुले चढेका सवारी साधन पनि नियन्त्रणमा लिइएको छ । उनीहरुले लकडाउनमा गाडी चलाउन पास समेत लिएको पाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७