नेको इन्स्योरेन्सले एनआइसीका ग्राहकहरुको बीमा गर्ने


८ असार २०७७, सोमबार
NICASIA NECO Contract Signing 0vnHRdt8zC

काठमाडौं असार ८ । विगत २५ बर्षदेखि नेपाली बीमा बजारमा निरन्तर सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्सले सेवा विस्तार गर्ने क्रममा एनआइसी एशिया बैंकसँग खातावालाहरुको दुर्घटना बीमा, गम्भिर प्रकृति रोग बीमा र स्वास्थ्य बीमा गर्ने सम्झौता गरेको छ ।

उक्त संझौतामा नेको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का तथा एनआइसी एशिया बैंकको तर्पmबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गरे ।


उक्त सम्झौता पश्चात एनआइसी एशिया बैंकमा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता खोल्ने ग्राहकहरुले बीमालेख बमोजिम नेको इन्स्योरेन्सबाट घातक रोग, स्वास्थ्य तथा दुर्घटना बीमा सेवा पाउने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७